मेरो एउटा साथी हुनुहुन्छ । उच्च शिक्षा हासिल गर्नुभएका उहाँले काठमाडौंका (अझ भनौं विदेशका समेत) तमाम अवसरहरुलाई तिलाञ्जली दिएर लाग्नुभो गाउँतिर कृषि कर्म गर्न । सर्लाहीको पल्लो छेउको गाउँमा एकदिन भेट्न पुग्दा हर्मन हेस्से लिखित ‘सिद्धार्थ’ को गोबिन्द भन्ने पात्र जस्तै लाग्यो मलाई उहाँ ।